२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

ऐरीको ह्याट्रिक विकेटमा आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित

आयरल्यान्ड वुल्भ्सले नेपाल 'ए' लाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ्ग गरेको आयरल्यान्ड वुल्भ्सले आफ्नो सबै विकेट गुमाएर १५७ रन बनाएको छ।

३९औँ ओभरमा नेपाल ए का कमलसिंह ऐरीको ह्याट्रिक विकेटले आयरल्यान्ड वुल्भ्स १५७ रनमै सिमित भएको हो। 

बुधवार कीर्तिपुर मैदानमा भएको खेलमा ३८.३ ओभरमै आयरल्यान्ड वुल्भ्सका सबै विकेट पतन भएको हो। 

नेपालका बलर कमलसिंह ऐरीले ‘ह्याट्रिक’ सहित ४ विकेट लिए। उनले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार तीन विकेट लिएका हुन। ६.३ ओभर बलिङ गरेका ऐरीले एउटा ओभर मेडन फाल्दै २१ रन दिएका थिए। 

यसैगरी मौसम ढकाल र साहब आलमले दुई/दुई विकेट लिए भने रिजन ढकालले एक विकेट हात पारे । 

केड कार्माइकलले वुल्भ्सका तर्फबाट सर्वाधिक रन बनाएका छन्। उनले ७७ बलमा चार चौकासहित ५१ रन बनाएका हुन। कप्तान रकले भने ३२ बलमा दुई चौका र तीन छक्कासहित ३९ रन बनाए। पेटर मुरले २१ रन बनाउँदा जेम्स म्याकोलम र स्टेफन डोहेनीले १२/१२ रन थपे। 

निर्धारित तालिका अनुसार दोस्रो खेल शुक्रवार र अन्तिम खेल आइतबार हुनेछ। 

प्रकाशित: २१ चैत्र २०८० १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App