२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

विराट गोल्डकप : उपाधि नजिक पुग्न सांग्रिला मोरङ र एपिएफ भिड्दै आज

विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुग्न आज घरेलु टोली सांग्रिला मोरङ फुटबल क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ भिड्ँदै छन्। आज हुने प्रतियोगिताको पहिलो सेमिफाइनल खेल विजेताले शनिबार फाइनल खेल्ने छ।  

विराट गोल्डकप ट्रस्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार राति भएको खेलमा मच्छिन्द्र फुटबल क्लबले पाहुना टोली भारत कोलकाताको साउर्थन समिति एफसीलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनल यात्रा पक्का पारे।

विदेशी खेलाडी स्टेफन विनोङले गरेको २ गोल मच्छिन्द्रका लागि जितको आधार रह्यो। उनी प्लेयर अफ द म्याच हुँदै ११ हजार रुपैयाँ प्राप्त गरे। कोलकाताका लागि सोनु हल्दारले एक गोल फर्काए।

कोलकाताका खेलाडीको फिनिसिङ पक्ष कमजोर रहँदा पाएको अवसर सदुपयोग गर्न नसक्दा पहिलो खेलमै घर फर्कनुपर्‍यो। दुवै टोली आक्रमक खेले पनि मच्छिन्द्रले पाएको धेरै गोलका सुन्दर अवसर चुकाउँदा तनावपूर्ण जित निकाल्यो।

मच्छिन्द्रका स्टेफनले सुरुवातको १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। मनीष डाँगीले निकालेको क्रस पासलाई स्टेफनले मध्ये भागबाट बललाई एक्लै लगेर कोलकाताका गोलरक्षकलाई सुरजक मल्लिकलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरे। कोलकाताका सोनु हल्दारले ३२ औं मिनेटमा गोल गर्दै खेल बराबरी पारे। सत्रीय बक्सीले निकालेको पासमा सोनुले गोल गरे।

५५औं मिनेटमा मछिन्द्रका स्टेफनले पुनः गोल गर्दै टोलीको गोल संख्या दोब्बर पारे। सनिश श्रेष्ठले निकालेको पासलाई स्टेफनले टच गर्दा आकर्षक गोल भयो। ४१ औं मिनेटमा सत्रीय बक्सीले दायाँ बार च्यापेर प्रहार गोलेको बललाई मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बाहिर फाले। ४४ औं मिनेटमा मच्छिन्द्रका आयुष गलानले ३० यार्डदेखि गरेको प्रहार बारमा लागेर बाहिरियो।

४७आंै मिनेटमा स्टेफनले डिबक्सभित्रबाट गरेको कडा प्रहार कोलकाताका कप्तान सुमनले गोल हुनबाट उत्कृष्ट बचाए। गोलरक्षक अघि बढेको अवस्थामा सुमनले गोल हुनबाट जोगाए।

कोलकाताका प्रशिक्षक सौमेन्दु कुन्दुले खेलाडीहरुको थुप्रै अवसर पाउँदा पाउँदै पनि फिनिसिङ पक्ष कमजोर हुँदा पराजय भोग्नु परेको बताए।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानले खेलाडीहरुले योजना अनुसार आक्रमक खेल्दा नतिजा निकाल्न सके। उनले कोलकातासँगको खेलमा भएका कमजोरीलाई सुधार गर्दै जाने बताए। सेमिफाइनलमा विमल घर्ती मगरलाई मैदानमा उतार्ने र विमल हुँदा अगाडि मजबुत हुने न्यौपानेले बताए।

प्रकाशित: २१ चैत्र २०८० १०:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App