१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

मैत्रीपूर्ण खेलमा आज नेपाल आयोजक गुजरातसँग भिड्दै

भारत भ्रमणमा रहेको नेपाल आज मैत्रीपूर्ण  टी–२० खेल अन्तर्गत आयोजक गुजरातसँग भिड्दै छ। आफ्नो तेस्रो टी–२० खेल खेल्न लागेको नेपाल आज पनि आफ्नो जितलाई निरन्तरता दिन चाहन्छ।

खेल नेपाली समय अनुसार दिउँसो २ः४५ बजे बजेबाट शुरु हुनेछ।

यसअघि भएका दुई खेलमा नेपाल विजयी भएको छ। नेपालले आफ्नो पहिलो खेलमा आयोजक गुजरातलाई ८ विकेटले पराजित गरेको थियो भने मंगलवार भएको खेलमा बरोडालाई २७ रनले पराजित गरेको थियो।

दुई खेलमा अपराजित नेपाल आज पनि जित निकाल्दै एक खेल अगावै फाइनल पुग्न चाहन्छ।

प्रकाशित: २१ चैत्र २०८० ०९:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App