१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीचको पहिलो एक दिवसीय आज

नेपाल ‘ए’ र आयरल्यान्ड वुल्भ्सबीच तीन एक दिवसीय खेलको सिरिज आजबाट सुरु हुँदैछ।

दुई टोलीबीचको पहिलो खेल त्रिवि क्रिकेट मैदानमा अहिले बिहान ९ः३० बजेबाट सुरु हुनेछ।

नेपाल ‘ए’ सँग तीन टी–२० खेलको सिरिज आयरल्यान्ड वुल्भ्सले २–१ ले जितेको थियो। त्यसअघि सिनियर टोलीसँग भएको दुई टी–२० खेलको सिरिजमा आयरल्यान्ड वुल्भ्स पराजित भएको थियो।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ आजको खेलमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै सुधार्न चाहन्छ भने आयरल्यान्ड वुल्भ्स आफ्नो जितको यात्रालाई फेरि निरन्तरता दिन चाहन्छ।

प्रकाशित: २१ चैत्र २०८० ०८:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App