२१ असार २०८३ आइतबार
image/svg+xml
समाज

बडीमालिकाका दुई वडा छाउपडी गोठमुक्त घोषणा

फाइल तस्बिर

जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन्।

नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरैकी हुन्। छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ। बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाले नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएको जानकारी दिएकी छन्।

महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरूलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन्।

उनका अनुसार महिनावारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो।

वडामा रहेका जिल्ली, ढम्कने, सुनकाना, सिराडी, रजातोली टोलमा स्थानीयले महिला महिनावारी भएका बेला बस्ने घरभन्दा टाढा बनाइएका गोठको अनुगमन गरी भत्काइएको थियो। वडामा रहेका नागरिकले बनाएका छाउपडी गोठ प्रयोगविहीन र भत्काइएको हो। वडामा रहेका पहिलो चरणको अनुगमनमा १८ वटा छाउ गोठ भेटिएको र दोस्रो चरणमा १२ छाउगोठसहित ३० वटा छाउगोठ रहेको तथ्याङ्क वडाले सार्वजनिक गरेको छ।

नगरपालिकालाई नै छाउपडी गोठमुक्त पालिका घोषणा गर्ने गरी वडामा रहेको गोठको न्यूनीकरण गरी वडामा छाउ गोठलाई निरुपण गर्ने गरी पालिकाले काम गर्दै आएको छ।

यस्तै वडा नं १ मा स्थानीय महिला समूह, बाल क्लव, विद्यार्थीसहितको सक्रियतामा वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गर्न सफल भएको वडा सचिव इश्वरी कार्कीले बताएकी छन्।

पालिकासहित सरोकारवाला निकायको गोठको अनुगमन, स्थानीयलाई छाउपडी प्रथाविरुद्धको सचेतना, अभिमुखीकरण र जनचेतना कार्यक्रम गर्दै उनीहरूको सक्रियतामा नै गोठमुक्त गरिएको वडा सचिव कार्कीले बताइन्।

घोषणा कार्यक्रममा विभिन्न झाँकी, देउडा र सडक नाटक प्रदर्शन गरिएको थियो। रासस

प्रकाशित: २० असार २०८३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App