२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
खेल

घानालाई हराउँदै कोलम्बिया फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, स्विट्जरल्यान्डको सामना गर्ने

फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा घानाविरुद्ध कोलम्बियाले जित निकालेको छ। घानाविरुद्ध कोलम्बियाले १-० गोल अन्तरले जित निकालेको हो।

सुरुवाती अग्रता लिएको कोलम्बियाले खेलको निर्धारित समयसम्म घानालाई कुनै गोल गर्न दिएन। यो जपत सँगै कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

कान्सास सिटी रंगशालामा सम्पन्न खेलको १४औं मिनेटमा जोन एरियासले गोल गर्दा घानाविरुद्ध कोलम्बियाले सुरुवाती अग्रता लिएको थियो। त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन्।

३२ को राउन्डको यो खेल जितेपछि अब कोलम्बियाले स्विट्जरल्यान्डको सामना गर्नुपर्नेछ।

प्रकाशित: २० असार २०८३ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App