२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल ‘ए’को रोमाञ्चक जित, क्लिन स्विप हुनबाट जोगियो

कीर्तिपुर क्रिकेट मैदानमा जारी टी–२० अभ्यास अन्तर्गतको अन्तिम खेल नेपाल ‘ए’ले ३ रन जितेको छ। यसअघिका दुई खेल हारेको नेपाल तेस्रो तथा अन्तिम खेल जितेर यस प्रतियोगितामा क्लिन स्वीप हुनबाट जोगिएको हो।
२० ओभरको समाप्तिमा आयरल्यान्ड वुल्भ्सले ७ विकेट गुमाएर २१० रन मात्र बनायो। 

नेपालका बलर विपिन खत्रीको बलमा आयरल्यान्ड वुल्भ्सका तीन जना खेलाडी क्याच आउट भएका छन्। रसिद खान, नारायण जोशी र कमल ऐरीले एक÷एक विकेट लिएका छन्। 

नेपाल ‘ए’ले आयरल्यान्ड वुल्भ्सलाई जितका लागि २१४ रनको लक्ष्य विशाल लक्ष्य दिएको छ। 

यसअघिको इनिङमा नेपालले सात विकेट गुमाएर २० ओभरको समाप्तिमा २१३ रन बनाएको थियो।  

कीर्तिपुर क्रिकेट मैदानमा सोमबार भइरहेको खेलमा आयरल्यान्ड वुल्भ्सले टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको थियो। नेपाल ‘ए’ ले पहिला ब्याटिङ गर्ने मौका पाएको थियो। 

पहिलो इनिङमा ब्याट्सम्यान नेपालका आरिफ शेखले ६ छक्का र ७ चौकासहित ४८ बलमा सर्वाधिक ९३ रन बनाएका छन्। यसैगरी रसिद खानले १३ बलमा २४ रन बनाए भने वसिर अहमदले २१ बलमा १९ रन बनाए। यसैगरी कमल ऐरीले ७ बलमा १९ रन बनाएर अविजित रहे।

लोकेश बम ७ बलमा ८ रन बनाएर आउट भएका थिए भने देव खनाल ७ बलमा ६ रन बनाएर आउट भए। यसैगरी कप्तान विनोद भण्डारीले ८ बलमा ११ रन मात्र बनाउन सफल भए। पवन शर्राफ १२ बलमा १३ रन बनाए भने एक बलको सामना गरेका नारायण जोशी १ रनमै सीमित भए। 

आयरल्यान्ड वुल्भ्सका बलर ह्यान्स्ले २ विकेट लिए भने अन्य बलरले एक÷एक विकेट लिएका थिए। 

प्रकाशित: १९ चैत्र २०८० १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App