१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

जर्मन दूतावासले भन्यो : पासपोर्ट प्रकरणमा राजदूत फुयाँललाई स्पष्टीकरण सोेधेका छैनौँ

काठमाडौंस्थित जर्मन दूतावासले नेपालको इलेक्ट्रोनिक राहदानी (ई–पासपोर्ट) खरिद तथा छपाइ प्रक्रियामा  आएका समाचारको खण्डन गरेको छ।  

दूतावासले बुधबार सामाजिक सञ्जालमार्फत बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयाँललाई जर्मन सरकारले ई–पासपोर्ट खरिद प्रकरणबारे स्पष्टीकरणका नसोधेको जनाएको छ। 

जर्मन दूतावासले तीन बुँदा मार्फत आफुले स्पष्टीकरण नसोधेको बताएको छ । जसमा बर्लिनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश कार्यालयमा भएको बैठकमा आमन्त्रित गरिएको हो, स्पष्टीकरणका लागि बोलाइएको होइन। दूतावासले कूटनीतिक अभ्यासमा यी दुई विषयबीच महत्त्वपूर्ण भिन्नता हुने जनाएको छ। 

दोस्रो बुँदामा उक्त भेटका क्रममा कुनै विरोधपत्र (प्रोटेस्ट नोट) वा अन्य कुनै आधिकारिक कागजात हस्तान्तरण नगरिएको स्पष्ट पारिएको छ। 

त्यसैगरी तेस्रो बुँदामा राहदानी खरिद प्रकरणको अदालती प्रक्रियाको नतिजासँग सम्बन्धित सम्भावित परिणामबारे कुनै चेतावनी वा दबाब नदिइएको दूतावासले जनाएको छ।  

 

प्रकाशित: १७ असार २०८३ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App