१७ श्रावण २०८३ आइतबार
image/svg+xml
अर्थ

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार २७० रुपैयाँ कायम भएको छ।

हिजो मङ्गलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

प्रकाशित: १७ असार २०८३ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App