२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

म्याच नै नखेली विजेता

जापानको पुरुष फुटबल टीमलाई खेल्दै नखेलेको म्याचको विजेता घोषणा गरिएको छ। उत्तर कोरियाविरुद्ध निलम्बित गरिएको वर्ल्ड कप क्वालिफायर म्याचको विजेता जापानलाई घोषणा गरिएको बीबीसीले जनाएको छ।

गत मङ्गलवार प्योङ्गयाङ्गमा उक्त खेल तय गरिएको थियो। तर, उत्तर कोरियाले अन्तिम समयमा म्याचलाई निलम्बित गरिदियो। खेल रद्द गर्नुको कारण भने उत्तर कोरियाले खुलाएको छैन।

विश्व फुटबलको नियामक निकाय फीफाले उक्त खेलमा जापानलाई ३–० को विजेता घोषणा गरेको हो।

जापान र उत्तर कोरियाबीच मिसाइल आक्रमण लगायतका विषयमा विवाद बढ्दै गएको छ।

प्रकाशित: १८ चैत्र २०८० १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App