१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इटहरी गोल्डकपः आज अन्तिम क्वाटरफाइनलमा एनआरटी र चर्च ब्याइज भिड्दै

इटहरीमा जारी इटहरी गोल्डकपको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ। आजको क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ।

यसअघि सोमवार भएको तेस्रो क्वाटरफाइनल खेलमा जित हात पार्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भएको खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो।

एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो।

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर रु १० हजार नगद हात पारेका थिए।

आगामी शनिबार हुने फाइनलमा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्। रासस

प्रकाशित: १३ चैत्र २०८० १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App