१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

टेबल टेनिस टोली कोरिया जाने

ललितपुरका तीन टेबल टेनिसका खेलाडीसहित चार सदस्यीय टोली प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन बुधबार दक्षिण कोरिया जाने भएको छ।

प्रशिक्षणमा आशिष महता, विशाल थापामगर र निश्चलराज वज्राचार्य सहभागी हुनेछन्। अप्रिल १ देखि एक महिनासम्म प्रशिक्षण कार्यक्रम हुनेछ। प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ। प्रशिक्षणपछि खेलाडीहरू सिओ जोङ सिटी ओपन टेबल टेनिस प्रतियोगितामा सहभागी हुने कार्यक्रम छ।

खेलाडीसँगै प्रशिक्षकका रूपमा सुनील महर्जन पनि दक्षिण कोरिया जाँदै छन्। ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले एक कार्यक्रमबीच टोलीलाई बिदाइ गरेका थिए।

प्रकाशित: १२ चैत्र २०८० ०६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App