२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

थ्री एक्स थ्री बास्केटबल : महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा

नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलको संयुक्त आयोजनामा भइरहेको खुला थ्री एक्स थ्री बास्केबटल प्रतियोगितामा महिलातर्फ सेमिफाइनल र पुरुषतर्फ क्वाटरफाइनल समीकरण पूरा भएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भइरहेको प्रतियोगितामा महिलातर्फ समूह ए बाट ललितपुर ए र पोहिलो नेपाल सेमिफाइनल पुगेका छन् भने समूह बी बाट आईआईएमएस र आईएसए नेपाल सेमिफाइनल पुगेका छन्। अब सेमिफाइनलमा ललितपुर ए ले आईएसए नेपाल तथा आईआईएसएमले पोशिलो नेपालसँग खेल्ने छ।

यस्तै पुरुषतर्फ आइतबारको खेलपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको छ। विभागीय टोली आर्मीको ए, बी र सी टोलीसहित हाउण्ड्स एकेडेमी ए, टाइम्स ए, बंगलादेश नेभी, बीएमके क्लब,  र ललितपुर बी अन्तिम आठमा पुगेका हुन्।

प्रिक्वाटरफाइनलमा आर्मी ए ले ललितपुर ए लाई २१–१५ ले, आर्मी बी ले हाउण्ड्स एकेडी सी लाई २१–८ ले र आर्मी सी ले कीर्तिपुरलाई २१–१७ ले हरायो।

यस्तै हाउण्ड्स एकेडेमी ए ले टाइमआउट बी लाई २१–१० ले, टाइम्स ए ले टाइमआउट एलाई २१–१७ ले, बंगलादेश नेभीले  टाइम्स बी लाई २१–१८ ले, बीएमके क्लबले इन्डपेन्डेन्ट युनिभर्सिटी बंगलाशेलाई २१–२० ले तथा ललितपुर बी ले बर्न टु हुपलाई २१–१९ ले हरायो। अब पुरुषको क्वाटरफाइनल, सेमिफाइनल र फाइनल तथा महिलातर्फको सेमिफाइनल र फाइनल खेल सोमबार हुने छ।

पुरुषतर्फ ३२ तथा महिलातर्फ ८ गरी ४० टिमको सहभागिता रहेको प्रतियोगिताको पुरुष विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउने छन्। यस्तै महिलामा विजेताले ५० हजार र उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछन्। पुरुष र महिला दुवैमा ुमोस्ट भेलुएबल प्लेयरु घोषित हुनेलाई जनही १५–१५ हजार नगदबाट पुरस्कृत गरिने छ।

प्रकाशित: २८ फाल्गुन २०८० ०७:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App