१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

फुटबलमा क्रेज ल्याउन जुम्लामा रेफ्री तालिम

फुटबलप्रति खेलाडी र सर्वसाधारणको रुचि बढेपछि जुम्लामा सातदिने फुटबल रेफ्री तालिम सञ्चालन गरिएको छ। तालिममा सहभागी १६ जनाले ब्याज पाएका छन्।

सातदिने सो तालिममा ३६ जनाको सहभागिता रहेको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र हमालले बताए। ‘बागमती अञ्चलपछि जुम्लामा रेफ्री तालिम सञ्चालन हुनु ठूलो उपलब्धि हो’, उनले भने।

तालिममा ब्याज पाउने रेफ्रीले आगामी दिनमा फुटबल प्रतियोगिताका लागि रेफ्री अभाव पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताए।

उनले भने, ‘हामीले सम्भावना नै नभएको रेफ्री तालिम गर्न सक्यौँ। अब कर्णालीका विभिन्न जिल्लामा फुटबल प्रतियोगिता हुँदा यो तालिमबाट ब्याज पाउने साथीहरुले रेफ्रीको भूमिका पाउने छन्।’

रेफ्री तालिमपछि कर्णाली क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा आफ्नै रेफ्री हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए। ‘जुम्लामा फुटबल खेलको असाध्यै राम्रो क्रेज छ। तालिमले खेल क्षेत्रको उचाइ बढ्ने विश्वास लिएको छु।’

कर्णाली खेलकुद परिषद्को आर्थिक सहयोग, कर्णाली प्रदेश फुटबल संघको सहकार्य, जिल्ला खेलकुद विकास समिति जुम्लाको समन्वय तथा जुम्ला जिल्ला फुटबल संघको आयोजनामा कर्णाली प्रदेशस्तरीय रेफ्री तालिम भएको हो।

कर्णालीका प्रत्येक जिल्लाबाट तीनजना सहभागी गराई हरेक जिल्लालाई रेफ्रीमा आत्मनिर्भर गराउने उद्देश्य राखिएको जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष बुढथापाले बताए।  मुगुका सागर मल्ल तालिमका उत्कृष्ट प्रशिक्षार्थी घोषित भएका छन्।

प्रकाशित: २७ फाल्गुन २०८० ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App