१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता : कर्णाली र एपिएफबीच प्रतिस्पर्धा आज

कोसी प्रदेश राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेल कर्णाली र सशस्त्र प्रहरी बलको एपिएफबीच र दोस्रो खेल बाग्मती र लुम्बिनीबीच हुँदै छ।

शुक्रबार भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबले सफलता हात पारेका थिए।

विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टोली पुलिस क्लबलाई सुदूरपश्चिमले ५२ रनमा पराजित गरेको हो। पराजयसँग पुलिसका शंकर रानाले बनाएको व्यक्तिगत ९१ रन खेर गयो।

सुदूरपश्चिमले २ खेलमा जित निकाल्दै ४ अंक बनाएको थियो। गण्डकीलाई पहिलो खेलमा हराएको सुदूरपश्चिम दोस्रो खेलमा लुम्बिनीसँग पराजित भएको थियो।

त्यसैगरी, अर्को खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८० ०६:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App