८ असार २०८१ शनिबार
image/svg+xml
खेल

फोम्बोलाई पाँचौं मिस्टर भिजन उपाधि

पाँचाैं मिस्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको उपाधि आयोजक भिजन फिटनेसका रमेश फोम्बोले जितेका छन्।

धरान– १३ स्थित धरान बेङ्क्वेटमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअल राउन्डमा प्रथम हुँदै फोम्बोले उपाधि जितेका हुन्। उनले उपाधिसँगै नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पारेका छन्। फोम्बो ६० केजी तौलसमूहमा प्रथम हुँदै ओभरअल राउन्डमा उपाधिका लागि भिडेका थिए।

यस्तै, एनिटाइम फिटनेसका उमेश राई दोस्रो भए। उनी ७५ केजी तौलसमूहमा प्रथम हुँदै ओभरअल राउन्डमा प्रवेश गरेका थिए। राईले नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारे।

यस्तै, धरान व्यायामशालाका अनुप लिम्बू तेस्रो भए। उनी ५५ केजी तौलसमूहबाट प्रथम हुँदै उपाधिका लागि ओभरअल राउन्डमा प्रवेश गरेका थिए। उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, ६५ केजी तौलसमूहबाट प्रथम हुँदै ओभरअल राउन्डमा भिडेका झुनाज फिटनेसका सागर लिम्बू चौथो भए। उनले नगद १० हजार, मेडल र प्रमाणपत्र पाए।

प्रतियोगितामा बेस्ट पोजरको उपाधि एनिटाइम फिटनेसका उमेश राईले पाए भने मोस्ट इम्प्रुभमेन्ट उपाधि भिजन फिटनेसका विनोदकुमार नेपालीले पाए। यस्तै, बेस्ट मस्कुलर उपाधि धरान फिटनेस क्लबका सन्तोष विश्वकर्माले पाउँदा बेस्ट टिमको उपाधि आयोजक भिजन फिटनेसले पाएको छ। उनीहरूले जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र पाए।

प्रतियोगितामा ५५, ६०, ६५ र ७५ केजी तौलसमूहबाट कुल १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए। उपाधि भिडन्तको ओभरअल राउन्डमा भने प्रत्येक तौलसमूहबाट विजेता भएका खेलाडी मात्र सहभागी थिए।

विजेतालाई आयोजक भिजन फिटनेसका अध्यक्ष केशव श्रेष्ठ, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, धरान १६ का वडा अध्यक्ष मुरारि भट्टराई, वडा १ का अध्यक्ष यज्ञमणि आचार्य, वडा १० का अध्यक्ष विवेक राई लगायतले पुरस्कार वितरण गरेका थिए। सो अवसरमा पत्रकारितामार्फत धरानको खेलकुद विकासमा योगदान गरेबापत नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईलाई सम्मान गरिएको थियो। 

प्रकाशित: २१ फाल्गुन २०८० ०७:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App