२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

नेदरल्यान्ड्स ५९ रनले विजयी

राजधानीमा जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खला अन्तर्गत आज भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई ५९ रनले पराजित गर्दै विजयी भएको छ।

माइकल लेभिट र साइब्रान्ड एङ्गेलब्रेख्तको उत्कृष्ट ब्याटिङमा नेदरल्यान्ड्सले नामिबियालाई जितका लागि दुई सय ४८ रनको लक्ष्य दिएको थियो। जवाफमा नामिबियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ८८ रनमा समेटियो।

नामिबियाका लागि जान फ्रिलिङक र जान ग्रिनले समान ४२/४२ रनको योगदान दिए। त्यसैगरी जेपी कोटेजले २६ रन जोड्दा जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले समान १९/१९ रन बनाए।

बलिङतर्फ नेदरल्यान्ड्सका टिम भान डर गुगटेनले दुई विकेट लिए भने याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वेल, भिभियन किंग्मा र आर्यन दत्तले समान एक/एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४७ रनको योगफल बनाएको थियो।

नेदरल्यान्ड्सका लागि माइकल लेभिटले ६२ बलमा ११ चौका र १० छक्काको मद्दतले सर्वाधिक एक सय ३५ रनको योगदान दिएका थिए।

त्यसैगरी साइब्रान्ड एङ्गेलब्रेख्तले ४० बलमा सात चौका र पाँच छक्काको मद्दतले ७५ रन जोडे। तेजा निदामनुरुले १८ रन बनाए। दोस्रो विकेटका लागि लेभिट र एङ्गेलब्रेख्तले एक सय ९३ रनको साझेदारी गरेका थिए। 

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए भने जान फ्रेइलिङ्कले र बेन सिकोन्गोले समान एक/एक विकेट लिए। योजितसँगै नेदरल्यान्ड्सले दोस्रो जित दर्ता गराएको छ। यसअघि भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको थियो। उक्त प्रतियोगिताअन्तर्गत भोलि नेपालले नामिबियासँग खेल्नेछ। 

प्रकाशित: १७ फाल्गुन २०८० १५:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App