१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अर्थ

नेपालमा स्कोडा कायलाक सार्वजनिक

स्कोडा नेपालले ‘स्कोडा कायलाक’ सार्वजनिक गरेको छ। यसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्त्वपूर्ण उपलब्धि थपेको कम्पनीले जनाएको छ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णुकुमार अग्रवाल तथा एमएडब्लू एक्सपान्ज प्रालिका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रूपमा उदघाटन गरेका थिए। उनीहरूले कायलाक सार्वजनिक गर्दै नेपालको विविधतायुक्त सडक अवस्थाका लागि यसको उपयुक्तताबारे प्रकाश पारे।

कार्यक्रममा कायलाकलाई सहरका लागि मात्र नभई हाइवे र पहाडी सडकका लागि समेत उपयुक्त एसयुभीका रूपमा प्रस्तुत गरिएको थियो। जसले नेपाली सडकका लागि बनेको गाडी भन्ने पहिचानलाई थप मजबुत बनाएको छ।

सहरमा सहज प्रयोग, हाइवेमा आरामदायी यात्रा र पहाडी सडकमा आत्मविश्वासपूर्ण प्रदर्शनका लागि डिजाइन गरिएको स्कोडा कायलाकले कम्प्याक्ट आकारको हुँदाहुँदै पनि दमदार रोड प्रेजेन्स र स्मुथ ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २८ माघ २०८२ ११:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App