२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

वाफ वुमेन्स च्याम्पियनसिपः उपाधीका लागि नेपाल आज जोर्डनसँग भिड्दै

साउदी अरबमा जारी वाफ वुमेन्स च्याम्पियनसिपको उपाधीका लागि आज नेपाल र जोर्डनबीच खेल हुँदैछ। नेपाल र जोर्डनबीचको खेल प्रिन्स अबदुल्लाह अल फैजल स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ।

पहिलोपटक वाफ वुमेन्स च्याम्पियनसिप खेलिरहेको नेपाल जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। तर, आजको खेल भने उसका लागि सहज हुने छैन। ५ पटकको विजेता एवं साविक विजेता समेत रहेको जोर्डनसँग नेपालको खेल निकै रोमाञ्चक हुने मानिएको छ।

समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनल पुगेको नेपालले समूह ‘ए’ को उपविजेता लेबनानलाई इन्जुरी समयमा २–१ ले पराजित गर्दै फाइनल पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई ५–० ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

तर, आजको खेलमा जारी प्रतियोगितामा ९ गोल गरेकी नेपालकी फरवार्ड सावित्रा भण्डारी भने सहभागी नहुने भएकी छिन्। जसले गर्दा नेपाली टोली दबाबमा देखिन सक्छ। त्यसबाहेक  नेपालकी प्रिति राई, समिक्षा घिमिरे, अमृता जैशी लगायत अन्य खेलाडीमाथि पनि आजको खेलमा नजर रहने छ।

प्रकाशित: १७ फाल्गुन २०८० ०६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App