८ असार २०८१ शनिबार
image/svg+xml
खेल

सञ्जीवकाे टाेलीलाई प्रो-एमको उपाधि

सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको प्रो–एमको उपाधि प्रोफेसनल गल्फर सञ्जीवबहादुर नेपालीको टोलीले जितेको छ।

पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टोलीले कुल १४८ स्कोर बनायो। सञ्जीवले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ वर्षका गल्फर दिप्सन लामाले ३९, बलराम थापाले ३८ र रवीन्द्र तिवारीले ३७ अंक जोडे।

प्रोफेसनल नीरज तामाङको टोलीले १४१ स्कोरसहित दोस्रो स्थान प्राप्त गर्‍यो। नीरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका ड्यानियल बानियाँ र मिलन याखाले समान ३६/३६ र अनिल सिन्हाले ३५ अंक जोडे। प्रोफेसनल सूर्यप्रसाद शर्माको टोली १ सय ३३ कुल स्कोरमा तेस्रो भयो। सूर्यले ३३ तथा एमेच्योरहरू सुष्मा सिंहले ३३, श्याम तामाङले ३५ र जीवाराम गुरुङले ३२ अंक बटुले।

महिलातर्फ सुष्मा सिंहले उत्कृष्ट स्कोर गरिन्। उनले ३३ अंकमा खेल पूरा गरिन्। प्रतियोगितामा कृष्ण गुरुङले लङ्गेस्ट ड्राइभ र श्रीराम थापाले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।

प्रो–एममा १९ प्रोफेसनल र ७६ एमेच्योर गरी कुल ९५ गल्फरको सहभागिता थियो। विजयी खेलाडीलाई नेपाल गल्फ संघका वरिष्ठ उपाध्यक्ष पवित्रकुमार कार्की, गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, हिमालयन गल्फ क्लबका निर्देशक किरण केसी, कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ र रोयल नेपाल गल्फ क्लबका अध्यक्ष मधुकर याक्थुम्बाले पुरस्कार वितरण गरे।

प्रकाशित: १३ फाल्गुन २०८० ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App