२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

पदक विजेता एरिकालाई मनास्लुको सम्मान

चुच्चेपाटीस्थित मनास्लु वर्ल्ड कलेजले १९औं एसियाली खेलकुदको करातेमा ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङलाई सम्मान गरेको छ।

मनास्लुले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको स्वागत तथा कक्षा १२ मा उत्कृष्ट नतिजासहित उत्तीर्ण विद्यार्थीलाई सम्मान गर्न आयोजित कार्यक्रममा एरिकालाई सम्मान गरेको हो। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा समाजमा महŒवपूर्ण योगदान गर्ने एरिकासहित विभिन्न क्षेत्रका पाँच जनालाई पनि सम्मान गरिएको थियो।

एरिकाले गत असोजमा चीनको हाङझावमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्। एरिकाले जितेको रजत एसियाली खेलकुदको करातेमा कुनै पनि नेपाली खेलाडीले जितेको पहिलो र एक मात्र रजत हो।

एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले १९९८ को बैंकक एसियाड तथा पाराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीले २०१८ को इन्डोनेसियामा भएको एसियाली खेलकुदमा रजत जितेका थिए। सोही अवसरमा गायिका कुन्ती मोक्तान, सञ्चारकर्मी जगदीश खरेल, शिक्षाकर्मी जयन्ती सत्याल अधिकारी र समाजसेवी बालकृष्ण बुर्लाकोटी पनि सम्मानित भए।

प्रकाशित: ८ फाल्गुन २०८० १०:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App