६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

केसिसिएस फाइनलमा

काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसिसिएस) शुक्रबार वेस्टर्न रिजन अन्तरकलेज ब्वाइज बास्केटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

वेस्टर्न रिजनल कलेज कमिटीद्वारा आयोजित प्रतियोगितामा केसिसिएसले लक्ष्मी शिक्षा सदनलाई २५–१५ ले पराजित गर्‍यो। विजेताका रोनिसले ८ अंक जोडे।

 स्युचाटारस्थित काठमाडौं भ्याली कलेजमा भइरहेको प्रतियोगितामा ग्रिनफिल्ड, काठमाडौं भ्याली र एडमार्क पनि सेमिफाइनलमा पुग्न सफल भए। ग्रिनफिल्डले जुबिलियन्टलाई ६४–२८ ले हरायो।

ग्रिनफिल्डका सशान्त कार्कीले २० स्कोर गरे। काठमाडौं भ्यालीले काष्ठमण्डपको यात्रा ३०–२६ ले पूर्णविराम लगायो। विजेताका विशाल तामाङले १३ अंक बटुले। एडमार्कले राइजिङ स्टारमाथि २९–२८ को कठिन जित दर्ता गर्‍यो।

एडमार्कका नीराजन शाहले १२ अंक जोडे। सेमिफाइनलमा एडमार्कको भेट केसिसिएससँग हुनेछ भने काठमाडौं भ्यालीले ग्रिनफिल्डको सामना गर्नेछ।

प्रकाशित: ५ फाल्गुन २०८० १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App