१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेत प्रथम

कालीकोटमा यही माघ २६ देखि सञ्चालन भएर आज सम्पन्न भएको कर्णाली प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतको टोली प्रथम भएको छ। सुर्खेतका नरेन्द्र बम र जितप्रसाद लामिछानेको जोडी प्रथम भएको हो।

यस्तै सुर्खेतकै राजेन्द्र बम र खगेन्द्र खत्रीको जोडी दोस्रो भएको छ। तेस्रोमा कालीकोटका खेलाडी सुमन विष्ट, भूपेन्द्र मल्ल, विनोदबहादुर शाही र मानबहादुर बुढा रहेका छन्। प्रथम विजेताले ५१ हजार एक सय ११ पुरस्कारसँगै मेडल पाएका छन् भने उपविजेताले ३० हजार एक सय ११ रुपैयाँसहित मेडल पाएका छन्।

सेमिफाइनलसम्म पुग्ने दुई जोडीले १५ हजार एक सय ११ पुरस्कार पाएको आयोजक जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले बताए। ‘जिल्लामा नियमित ब्याडमिन्टन खेल्ने गरे पनि यति ठूलो पुरस्कार राशिको प्रतियोगिता पहिलोपटक भएको हो’, उनले भने, ‘यो खेल पहिलोपटक आयोजना भएको हो, आगामी दिनमा थप प्रतियोगिता गर्नका लागि हौसला मिलेको छ।’

ब्याडमिन्टन संघ कालीकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जुम्ला र कालीकोटका गरी २१ टोली दर्ता भएको ब्याडमिन्टन संघले जनाएको छ। –रासस

प्रकाशित: २९ माघ २०८० १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App