२९ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

भक्तपुरमा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता आइतबारदेखि सुरु भएको छ। प्रतियोगिता माघ २७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, फुटसल, कबड्डी, खो-खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल जस्ता खेल हुने जनाइएको छ।

भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले १५ विधाका विभिन्न खेलकुद प्रतियोगिताले सिंगो भक्तपुर खेलकुदमय हुने बताए। प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सहिद स्मृति खेल मैदान भक्तपुरमा उद्घाटन गरे।

उद्घाटन अघि समुद्घाटन र्‍याली निकालिएको थियो। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट सुरु भएको र्‍याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो।

र्‍याली सुरु हुनु अघि भक्तपुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले विद्यालय तथा खेलाडीहरु अनुशासित रुपमा खेलमा भाग लिने अपेक्षा सहित वडा वडामा हुने खेलहरुकोबारे जानकारी दिए।

उद्घाटन कार्यक्रममा जिम्न्यास्टिक खेलाडीहरुले खेल प्रदर्शन गरेका थिए।

प्रकाशित: २१ माघ २०८० १८:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App