८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

नेपालले गुमायो पहिलो विकेट

आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपालको पहिलो विकेट झरेको छ। विपिन रावल आउट भएका हुन्।

बंगलादेशका बलर मारुफ म्रिधाको बलमा रावल क्याच आउट भएका हुन। विपिन १२ बलमा २ रन बनाएर आउट भएका हुन। नेपालले ५.५ ओभरमा २४ रन बनाएको छ। अर्जुनले १७ बलमा २ चौकासहित १२ रन बनाएका छन्। त्रिपाठीले ९ बलमा २ रन बनाएका छन्।

अहिले क्रिजमा अर्जुन कुमाल र आकास त्रिपाठी छन्। नेपालले टस जितेर पहिले ब्याटिङ सुरु रोजेको हो।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा सुरु भएको खेलमा नेपालले बङ्गलादेशविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

देव खनालको कप्तानीमा रहेको नेपाली टिममा आज विपिन रावल, दिपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, गुलशन झा, दिपेश कँडेल, सुवास भण्डारी, विशाल विक्रम केसी, दुर्गेश गुप्ता र आकाश चन्द रहेका छन्।

आजको खेलमा जित हात पारे पनि नेपालको आगामी यात्रा असम्भव जस्तै छ। कारण, सुपर सिक्समा पुगेको नेपाल अङ्कको हिसाबले पुछारमा छ।

सुपर सिक्समा पुगेको नेपालले २ खेलमा अङ्कविहीन हुँदा उसको आगामी यात्रा असम्भव बनेको हो। नियम अनुसार आफूले हराएको टोली सुपर सिक्समा पुगेको मात्रै अङ्क जोडिन्छ। तर, नेपालले हराएको अफगानिस्तान सुपर सिक्समा नपुगेको हुँदा पाँचौ स्थानमा छ।

प्रकाशित: १७ माघ २०८० ०८:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App