२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आहा रारा गोल्डकपः पहिलो सेमिफाइन आज, थ्रीस्टार र जावलाखेल भिड्दै

२३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा आजदेखि सेमिफाइनलका खेलहरू सुरु हुँदैछन्। आजको पहिलो सेमिफाइन्ल खेलमा थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

पोखरा रङ्गशालामा हुने थ्रीस्टार र जावलाखेलबीचको खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ। आजको खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्नेछ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसी र जावलाखेलले मनाङमर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का बनाएका हुन्।

प्रकाशित: १७ माघ २०८० ०२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App