नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले अध्याँरोमा पनि आफ्नो चुनावी प्रचारप्रसार कायम राखेका छन् । रुकुम पूर्वबाट उम्मेदवारी दिएका उनी सोमबार पुथा उत्तरगंगा गाउँपालिका–१४ को जुगाडेमा मतदाता भेटघाट गरी सिस्ने पुगेका हुन् ।
पुथा उत्तरगंगा गाउँपालिका–१४ का नागरिकहरूसँग चुनावी अभियान सम्पन्न गरी सिस्ने फर्कने क्रममा उनी पुथा उत्तरगंगा गाउँपालिका–१२ को जामाबगरबाट सिस्ने गाउँपालिका–२ को नायगाडसम्म अध्याँरोमा करिब ३० मिनेट पैदल यात्रा गरेर मतदातालाई भेट्न पुगेका थिए ।
सिस्ने गाउँपालिका–२, सिस्ने पुगेका दाहाललाई नायगाडमा स्थानीयवासीहरूले बाजागाजासहित स्वागत गरेका थिए । नायगाडका मतदाता भेटघाटपछि मानम–सल्लीबिसौना सडक तथा देउखोलामा पुल निर्माणलाई आफूले प्राथमिकतामा राख्ने संयोजक दाहालले बताए ।
तस्बिर: दाहालको सचिवालय ।




प्रकाशित: ४ फाल्गुन २०८२ २१:११ सोमबार





