१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

बराह क्षेत्रमा राष्ट्रपति रनिङ सिल्ड सुरु

सुनसरीको बराहक्षेत्र नगरपालिकामा पाँचौं माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु भएको छ। 

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नाराका साथ बराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिको आयोजनामा शनिबारबाट नगर स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता सुरु भएको हो।

पाँचौं नगर स्तरीय माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिताको उद्घाटन बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले गरे। प्रतियोगितामा एथलेटिक्स, छेलो, कबड्डी, कराते , भलिबल लगायतका विधाका खेल हुने बराहक्षेत्र नगरपालिका खेलकुद विकास समितिका संयोजक कपिल आचार्यले जानकारी दिए।

प्रतियोगितामा पालिकामा रहेका सामुदायिक र संस्थागत माध्यमिक तहका विद्यालयका विद्यार्थीहरू सहभागी रहेका छन्। जसमा कक्षा ९ देखि १२ कक्षामा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहभागिता रहेको र प्रत्येक विधामा विजयी हुनेले सिल्ड, ट्रफी र प्रमाणपत्र पाउनेछन्।

प्रकाशित: १३ माघ २०८० १४:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App