१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

रोहित सेमिफाइनलमा

बागलुङका रोहित कायेट दोस्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिताको पुरुष ६० केजीमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

नेपाल राष्ट्रिय मुवाँथाइ संघ र अल फाइट सिस्टम अर्गनाइजेसनको संयुक्त आयोजित प्रतियोगितामा रोहितले उदयपुरका कर्णबहादुर मग्रान्ती हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) मा जारी प्रतियोगिताको सोही स्पर्धामा काभ्रेका सुजित गुरुङ, काठमाडौंका अकेश केसी र मकवानपुरका गौतम थिङ पनि सेमिफाइनलमा पुग्न सफल भए। पुरुष ५५ केजीको समूह ‘ए’ मा नुवाकोटका विजय राई, कास्कीका जसबहादुर गुरुङ, ललितपुरका गोरक्ष खड्का र एनआरएनएका योगेन्द्र ग्याल्छो घलेले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

उक्त तौलसमूहको समूह ‘बी’ मा सर्लाहीका सबिन वाइबा, काठमाडौंका मनीष राई, खोटाङका अनिल बज्राचार्य र एपिएफका नीरज नगरकोटीले सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित: १२ माघ २०८० ०१:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App