८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

पाकिस्तानविरुद्ध नेपालले १९७ रन बनायो

आइसीसी यू १९ विश्वकप क्रिकेटअन्तर्गत समूहको दोस्रो खेलमा नेपालले  पाकिस्तानविरुद्ध १९७  रन बनाएको छ।

नेपालका कप्तान देव खनालले टस जितेर पहिलो ब्याटिङ गर्दै निर्धारीत ५० ओभरमा सबै विकेट गुमाएर १९७ रन बनाएको हो।  

नेपालका लागि विपीन रावलले ३९ , कप्तान देव खनालले २३ , दिपक डुम्रेले २६ र सुभाष भण्डारीले २० रन बनाए।

न्युजिल्याण्ड विरुद्ध ९० रन बनाएका अर्जुन कुमाल ६ रनमा आउट भए । गुल्सन झाले १८ रनको योगदान दिए । आकाश चन्द १६ रन बनाएर नट आउट रहे । 

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । 

पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानमाथि १ सय ८१ रनको फराकिलो जित निकालेको थियो।

नेपालले गत महिना पाकिस्तानविरुद्ध एसीसी यू१९ एसिया कपमा पनि खेलेको थियो।उक्त खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको थियो।

नेपाल प्रतियोगिताको समूह डी मा रहेको छ।समूह डी मा नेपालसँगै न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन्।

प्रकाशित: १० माघ २०८० ११:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App