१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

भोलिदेखि १२ औं हिसान स्पोर्टस मिट हुने

विराटनगरमा  भोलि बुधवारदेखि १२ औं हिसान स्पोर्टस  मिट हुने भएको छ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सप्ताहव्यापी खेलकुदका गतिविधि गर्न लागेको जानकारी दिएको हो।

विद्यार्थीहरूलाई शैक्षिक ज्ञानका साथै अतिरिक्त ज्ञान आवश्यक पर्ने भएको हुँदा हिसानले प्रत्येक वर्ष सप्ताहव्यापी खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको हिसान मोरङका अध्यक्ष अमित ढकालले बताए।उनले पढाइका साथै व्यवहारिक ज्ञान पनि विद्यार्थीहरूमा हुनुपर्ने बताए।

एउटा असल समाज निर्माण गर्नका लागि असल युवा तयार पार्ने दायित्व विद्यालयका साथै अभिभावकको रहेको बताउँदै, अध्यक्ष ढकालले भने, ‘असल समाज निर्माण गर्नका लागि अनुशासन महत्वपूर्ण हुन्छ।त्यसका लागि खेलकुद नै एउटा माध्यम हो।खेलकुदले समाज के हो ? सामूहिक कार्य र व्यक्तिगत कार्य गर्दा के फाइदा हुन्छ भन्ने ज्ञानका साथै अर्को महत्त्वपूर्ण कुरा एउटा युवापुस्तालाई लागूपदार्थको कुलतबाट बचाउन सकिन्छ भनेर खेलकुदका साथै विभिन्न कार्यक्रम हिसानले गर्दै आएको छ।’

विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रैले पुग्दैन।उनीहरूलाई व्यवहारिक ज्ञान पनि चाहिने अध्यक्ष ढकालले बताए।उनले हाम्रो मूल मन्त्रै भनेकै ‘शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने हो।त्यसका लागि माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी खेलकुद प्रतियोगिता विराटनगरमा गर्न लागिएको हो।

हिसान स्पोर्टस मिटमा हिसानसँग आवद्ध कलेजले मात्रै भाग लिन पाउने छन्।यस पटक छात्रा फुटबल र कबड्डी खेल थपिएको छ।फुटबल  छात्र/ छात्रा, क्रिकेट छात्र, बास्केटबल छात्र, कबड्डी(छात्र), भलिबल (छात्र/छात्रा), टेबल टेनिस सिङ्गल र डब्लस (छात्र/छात्रा), एथलेक्टिसका इभेन्ट हुनेछन्।प्रतियोगितामा २९ वटा कलेजका १ हजार २ सय बढी विद्यार्थीको सहभागिता हुनेछ।

प्रकाशित: ९ माघ २०८० १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App