८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

आइसीसी १९ वर्ष मुनिको विश्वकप: टेस्ट टोली न्यूजिल्यान्डसँग भिड्दै नेपाल

आइसीसी १९ वर्ष मुनिको पुरुष विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेल खेल्दैछ। दक्षिण अफ्रिकाको बुफेलो पार्कमा हुने खेलमा नेपालले न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।  

नेपाल र न्यूजिल्यान्डबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ।

नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्यूजिल्यान्डसँग हारेको छैन। दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ। त्यसकारण आजको खेलमा पनि नेपाल जितको लक्ष्यसहित मैदान उत्रने छ।

२००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो। सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्यूजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ।

शुक्रवारबाट सुरु भएको खेलमा नेपालसहित १६ टोलीले सहभागीता जनाउँदै छन्। ४ समूहमा विभाजित १६ टिममध्ये हालसम्म आयरल्यान्ड, दक्षिण अफ्रिका, इङ्ग्ल्यान्ड, पाकिस्तान र भारतले विजयी सुरुवात गरिसकेका छन्।

समूह ‘ए’ मा बङ्गलादेश, भारत, आयरल्यान्ड, अमेरिका रहेका छन् भने समूह ‘बी’ मा इङ्ग्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज रहेका छन्। यस्तै समूह ‘सी’ मा अस्ट्रेलिया, नामीबिया, श्रीलङ्का र जिम्बावे छन् भने समूह ‘डी’ मा अफगानिस्तान, नेपाल, न्यूजिल्यान्ड र पाकिस्तान रहेका छन्।

प्रकाशित: ७ माघ २०८० ०२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App