नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई पनि बलियो बनाउनुपर्ने बताएका छन्।
गैर आवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्व कप्तानसमेत रहेका पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन्।
त्यसका लागि ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनको बुझाइ छ। साथै पारसले क्यान समक्ष धेरै चुनौतीहरू रहेको उल्लेख समेत गरेका छन्। नेपाल क्रिकेटका संरचनालाई बलियो बनाउने काम गरिरहेको बताउँदै पूर्व क्रिकेटर पारसले नेपाली क्रिकेट अबका दिनमा धेरै नै माथि पुग्नेसमेत विश्वास व्यक्त गरे।
उनले खेलको जित मात्रै नभई क्रिकेट कल्चरलाई विकास गर्नुपर्ने धारणा राखे। थोरै लगानीबाट पनि नेपालले धेरै राम्रो गर्दै यहाँसम्म आइपुगेको उनले बताए।
प्रकाशित: ६ माघ २०८० १२:१५ शनिबार





