१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

एनआई क्रिकेट कप:ग्लोबल बिजनेश र वीरगञ्ज पब्लिकले आआफ्ना खेल जिते

वीरगञ्जमा भईरहेको एनआई क्रिकेट कपमा ग्लोबल बिजनेश कलेज र वीरगञ्ज पब्लिक कलेजले आ आफ्ना खेलमा  जित हात पारेका छन्।

आज ग्लोबल र सेन्ट जेभियर्स तथा वीरगञ्ज पब्लिक कलेज र अल्पाइन स्कुलबिच खेल भएको थियो। नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा ग्लोबलले सेन्ट जेभियर्सलाई ३७ रनले हराएको हो।

टस जितेर ब्याटिङ रोजेको ग्लोबलले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो। उसका लागि रोहन कुमार साहले सर्वाधिक ५२ रन बनाए।

विवेक यादवले ४५ रन जोडे। उस्तै रितिक पटेलले ४ रन खेले। बलिङतर्फ विकास कुमार पटेल र सागिर मियाँले २/२ विकेट लिए। यस्तै सन्देश कुमार पटेलले १ विकेट लिए।

जवाफी ब्याटिङ गरेको जेभियर्स १७ ओभर ३ बलमै पूरै विकेट गुमाएर ८९ रनमै समेटियो। जेभियर्सका लागि सन्देश कुमार पटेल ३२ र असरफ अन्सारीले १९ रन जोडे।बलिङमा ग्लोबलका आदर्श भण्डारी र रोहन कुमार साहले क्रमशः ३/३ विकेट लिए। भने सुजल सर्राफले १ विकेट लिए।

यस्तै आजै भएको दोस्रो खेलमा वीरगञ्ज पब्लिक कलेज विजयी भएको हो। वीरगञ्ज पब्लिकले अल्पाइनलाई ३ विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ गरेको अल्पाइनले १५.२ ओभरमा पूरै विकेट गुमाएर ६६ रनको सामान्य लक्ष्य दिएको थियो। उसका लागि मनिष पटेल १४ र इसरार अहमदले १२ रन बनाए। बलिङमा राहुल बैठा, बालमिकी राउत कुर्मी र जादुवंशी बैठाले क्रमशः २/२ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्ज पब्लिकले ११.४ ओभरमै ७ विकेट गुमाएर लक्ष्य भेट्टायो।खेलमा अफसर हुसेनले १७ र जादुवंशी बैठाले १२ रन बनाए। बलिङतर्फ जायद आलम अन्सारीले ३, नवराज अधिकारी र रञ्जित चौहानले २/२ विकेट लिए।आजको खेलमा रोहन कुमार साह र जादुवशीं बैठा म्यान अफ दि म्याच घोषित भएका छन्।

प्रकाशित: ५ माघ २०८० १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App