१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ।आज भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो।लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाए।

सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई/दुई विकेट लिए।एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो। उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन जोडे।

साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए। लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक/एक विकेट लिए। सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए।

प्रकाशित: १ माघ २०८० १६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App