१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट अभ्यासः यूएईविरुद्ध नेपालको कसिलो बलिङ

आइसिसी टी-२० विश्वकप क्रिकेटको आफ्नो पहिलो अभ्यास खेलमा नेपालले यूएईविरुद्ध नेपालले कसिलो बलिङ गरेको छ ।  

१२ ओभरको खेलको समाप्तिमा यूएईले ५ विकेट गुमाएर ६९ रन बनाएको छ ।  

सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको तेस्रो बलमा आर्सन शर्मालाई २५ रनमा क्याच आउट गराए । १२औं ओभरको दोस्रो बलमा उनले मयंक कुमारलाई ४ रनमा एलबीडब्लु धरापमा पारे । सोही ओभरमा आलिसान सराफू १२ रनमा दीपेन्द्र सिंह ऐरीद्वारा रनआउट भए । 

यूएईका क्याप्टेन मोहमद वासिम ६ रनमा करण केसीको बलमा बोल्ड भए । मोहमद जोएब १९ रनमा दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड भए ।  

मगंलबार भारत चेन्नईको एमए चिदम्बरम स्टेडियममा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो।  

नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा बिहिबार क्यानाडासँग खेल्नेछ। 

प्रकाशित: २० माघ २०८२ १८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App