२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

पेनकेक सिलातको प्रशिक्षक तथा रेफ्री तालिम

पेनकेक सिलातको दोश्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ।बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए।

तीनदिने तालिममा ३० प्रशिक्षक तथा २० रेफ्री सहभागी थिए।सहभागीलाई विवेककुमार विक र गोविन्द चौधरीले प्रशिक्षण दिएका थिए।

सहभागीलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सञ्ज्यालले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे। तालिमको लुम्बिनी प्रदेशका सांसद् कृष्णकुष्मा थारुले उद्घाटन गरेका थिए।

प्रकाशित: १ माघ २०८० १३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App