२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताः एपीएफको लगातार तेस्रो जित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टिम एपीएफले लगातार तेस्रो जित हात पारेको छ।

आईतवार मुलपानी मैदानमा एपीएफले तेस्रो जित निकाल्ने क्रममा लुम्बिनी प्रदेशलाई ९० रनले पराजित गर्‍यो।

सुरुवाती ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। एपीएफका लागि इन्दु वर्माले अविजित ७० रनको इनिङ्स खेलेकी थिईन्। उनले ५१ बलमा ७ चौका र १ छक्काको मदतले सो रन बनाईन्। ओपनर ममता चौधरीले ५९ रनको योगदान दिईन्। कप्तान सिता राना मगर ९ रनमा आउट भएकी थिईन्। लुम्बिनीका सरस्वती पुन र सर्मिला रोकाले समान एक एक विकेट लिए।

एपीएफले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य सहित मैदान छिरेको लुम्बिनीले ९ विकेट गुमाएर ६१ रन मात्र बनाउन सक्यो। ओपनर लक्ष्मी चौधरीले २८ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। एपीएफकी इन्दु वर्माले ३ ओभरमा २ मेडन राख्दै ७ रन खर्चिएर ३ विकेट झारिन्। बिनु बुढाले २ तथा रेखा रावल र सिता राना मगरले एक एक विकेट लिए।

एपीएफ लगातार तेस्रो खेलमा जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ।  

प्रकाशित: ८ पुस २०८० ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App