२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः आज काठमाडौँ रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौँ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसीबीच खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा जित निकाल्दै काठमाडौँ प्ले अफमा पुग्न चाहन्छ भने वीरगजञ्जको प्ले अफमा पुग्ने सम्भावना न्यून छ।

६ खेल खेलेको काठमाडौँ २ खेलमा जित ३ बराबरी र १ मा पराजय भोग्दै ९ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ।

यस्तै वीरगञ्जले पनि समान ६ खेल खेलेको छ। जसमा १ मा मात्रै जित हात पारेको छ भने २ बराबरी र ३ मा पराजित भएर ५ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ।

प्रकाशित: ५ पुस २०८० ०१:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App