६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल सुपर लिगः जितबिहीन झापा र वीरगञ्ज भिड्दै

तस्बिर सौजन्यः नेपाल सुपर लिग

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड र झापा एफसीबीच खेल हुँदैछ। दशरथ रङ्गशालामा हुने आजको खेल साँझ ५ बजे सुरु हुनेछ।

एनएसएलको दोस्रो संस्करणबाट डेब्यु गरेका दुबै टोलीले आजको खेलबाट आफ्नो पहिलो जित निकाल्ने प्रयासमा रहनेछन्।

हालसम्म ३ खेल खेलेको वीरगञ्जले एक खेलमा पनि जित हात पार्न सकेको छैन र अङ्क तालिकाको पुछारमा रहेको छ। यस्तै झापाले पनि ३ खेल खेल्दा एकमा पनि जित हात पार्न सकेको छैन र अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।

प्रकाशित: २२ मंसिर २०८० ०३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App