२४ वैशाख २०८१ सोमबार
image/svg+xml
खेल

बंगलादेशको कबड्डी लिगमा नेपालका चार खेलाडी

नेपालका चार खेलाडीले बंगलादेशको ढाकामा हुने महिला कबड्डी लिगमा खेल्ने भएका छन्।

बंगलादेश कबड्डी संघको आयोजनामा मंसिर १४ देखि २२ गतेसम्म हुने लिगमा चारै जनाले मेघना कबड्डी क्लबबाट खेल्ने अवसर पाएका हुन्। मेघनाबाट अनुजा कुलुङ राई, गंगा घिमिरे, जयन्ती बडु र सिर्जनाकुमारी थारुले खेल्नेछन्।

चारै खेलाडी गत असोजमा चीनको हाङझावमा सम्पन्न १९औं एसियाली खेलकुदमा नेपालले ऐतिहासिक कांस्य पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हुन्। अफिसियलमा भगवती अधिकारी छिन्। सो टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव अञ्जन धमला र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुल्सा थापालगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे। टोली मंगलबार बंगलादेश प्रस्थान गर्दै छ।

प्रकाशित: १२ मंसिर २०८० ०१:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App