३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

कर्णालीका पच्चिस प्रतिशत ग्रामिण भेग बिजुलीको पहुँच बाहिर

कर्णाली प्रदेशका ग्रामिण भेगवासी अझै विजुलीको पहुँचभन्दा बाहिर रहेको पाइएका छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ मा कर्णालीका २५ प्रतिशतभन्दा बढी ग्रामिण भेगमा बिजुली विस्तार हुन नसकेको पाइएको हो । समग्रमा नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि कर्णालीका ग्रामिण भेगमा भने ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको छ । समग्रमा भने  कर्णालीमा ८०.८ प्रतिशत घरपरिवारमा बिजुली बिस्तार भएको छ । यद्यपि यो अन्य प्रदेशको तुलनामा कम रहेको तथ्यांकले देखाएको छ ।  

देशभर कुल ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि सहरी क्षेत्रमा ९८.२ प्रतिशत र ग्रामीण भेगमा ९३.७ प्रतिशत विद्युत सेवा पुगेको तथ्यांकले देखाउँछ ।  

सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । यो करिब सतप्रतिशत हो ।  

कोशीमा ९७.२ प्रतिशत (सहरी भेगमा ९८.८ प्रतिशत र ग्रामीण भेगमा ९७.२ प्रतिशत) घरपरिवारमा विद्युत् सेवा पुगेको छ । मधेसमा ९८ प्रतिशत, सुदूरपश्चिमको ७८.२ प्रतिशत र काठमाडौं उत्पकाकामा करिब सतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको पाइएको छ । 

प्रकाशित: २६ माघ २०८२ १७:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App