२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया विश्वकप क्रिकेटको फाइनलमा

अस्ट्रेलिया आइसीसी विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। कोलकोत्ताको इडन गार्डेनमा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटबाट हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो।  

यस दक्षिण अफ्रिकाले टस जितेर पहिले ब्याटिङ गर्दै ४९ दशमलब ४ ओभरमा २१२ रन बनाउँदा सबै विकेट गुमाएको हो। जवाफमा अष्ट्रेलियाले ४७ दशमलब २ ओभरमा ७ विकेट गुमाउँदै विजयी लक्ष्य पुरा गर्यो।

अष्ट्रेलियालाई फाइनलमा पुराउन ट्रैविस हेडको ६२ रन, स्टीव स्मिथको ३० रन, डेविड वॉर्नरको २९ रन तथा जॉश इंग्लसको २८ रन महत्पूर्ण रह्यो।

दक्षिण अफ्रिकाको लागि तबरेज़ शम्सी र जेराल्ड कट्ज़ीले दुई दुई विकेट तथा कगिसो रबाडा, एडन मारक्रम र केशव महाराजले एक एक विकेट लिए।

यस अघि दक्षिण अफ्रिकाको पालोमा डेविड मिलरले ११६ बलमा  ८ चौका र  ५ छक्का सहित १०१ रन बनाए ।त्यसैगरी  हाइनरिक क्लासनले ४७ रन , जेराल्ड कट्ज़ीले १९ रन तथा कगिसो रबाडा  १० रन बाहेका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन।दक्षिण अफ्रिकाका दुई जना ० रनमा आउट भए।क्विंटन डिकॉकलाई ३ रनमा,रासी वान दर दुसें ६ रनमा आउट भए।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क  र पैट कमिंसले तीन तीन  विकेट तथा जॉश हेज़लवुड रट्रैविस हेडले दुई दुई विकेट लिए।

उपाधिका लागि अष्ट्रेलियाले फाइनलमा आयोजक भारतसँग खेल्ने छ। भारतले हिजो सम्पन्न पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। फाइनल खेल आउने आईतबार नेपाली समय अनुसार दिउँसो २: १५ बाट सुरु हुनेछ। खेल भारतको अहमदावादमा हुनेछ। 

प्रकाशित: ३० कार्तिक २०८० १६:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App