२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

आइसीसी विश्वकप क्रिकेट सेमिफाइनल: आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदैछ। आजको सेमिफाइनल खेलमा दक्षिण अफ्रिका र पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया आमनेसामने हुनेछन्।  

कोलकोत्ताको इडन गार्डेनमा हुने आजको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ। टेम्बा बावुमाको कप्तानीमा रहेको दक्षिण अफ्रिका जारी प्रतियोगिताको बलियो प्रतिद्विन्द्व हो। दक्षिण अफ्रिकाले ९ खेलमध्ये ७ मा जित हात पार्दै अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।  

यस्तै पाँच पटकको विश्व विजेता अष्ट्रेलिया प्याट कमिन्सको कप्तानीमा मैदान उत्रने छ। उसले पनि जारी प्रतियोगितामा ९ मध्ये ७ मा जित हात पारेको छ।  

पछिल्लो इतिहास हेर्दा दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन्। जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ भने अष्ट्रेलिया ५० खेलमा विजयी बनेको छ। तीन खेल बराबरी र एक खेल नतिजाविहीन छ।

दक्षिण अफ्रिकाले हालसम्म विश्वकप क्रिकेटको उपाधि जितेको छैन। त्यसकारण उसको लागि आजको खेलमा जित हात पार्दै विश्वकप जित्ने राम्रो मौका पनि हो। जबकी अस्ट्रेलिया पनि आजको खेलमा जित हात पार्दै विश्वकपको उपाधिका लागि स्थान सुरक्षित गर्न चाहन्छ।  

आजको खेलमा जित्ने टोलीले उपाधिका लागि फाइनलमा भारतसँग खेल्ने छ। भारतले पहिलो सेमिफाइनल खेलमा न्यूजिल्यान्डलाई ७० रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

प्रकाशित: ३० कार्तिक २०८० ०५:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App