१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

नेपाल विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल

नेपाली ह्याकर टिम विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल  भएको छ।साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको यस प्रतियोगितामा नेपाली टोली दक्षिण एशीयामा भारत र पाकिस्तानी टिमलाई पराजित गर्दै अन्तिम दुईमा स्पेन सगं पराजित भएपछि विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल  भएको हो ।

प्रतियोगितामा तेस्रो  भएको नेपालले १ लाख ६० हजार अमेरिकी डलर (२ करोड १३ लाख रुपैयाँ) पुरस्कार प्राप्त गरेको नेपाली ह्याकरहरुको समूहका सदस्य सन्दिप ओलीले जानकारी दिएका छन।

प्रतियोगितामा स्पेन प्रथम र इजराइल दोस्रो भएको छ ।प्रतियोगिताको फाइनल अक्टोबर १८ देखि नोभेम्बर ३ सम्म अर्जेन्टिनामा भएको थियो।भिसा समस्याका कारण नेपाली ह्याकरहरु भर्चुअल माध्यमबाट सहभागी भएका थिए।यस अघि गत मार्च १३ देखि २७ गतेसम्म २९ राष्ट्रका ह्याकरहरुको समूहबीच भएको समूह चरणको प्रतिस्पर्धामा नेपालले भारत र पाकिस्तानलाई पराजित गर्दै दोस्रो चरणका लागि स्थान सुरक्षित बनाएको थियो।

मे २ देखि १६ सम्म दोस्रो चरणको प्रतिस्पर्धामा साउदी अरेबियालाई पराजित गर्दै नेपालले ८ टीम सम्मिलित तेश्रो राउण्ड इलाइट एट (क्वाटरफाइनलमा) प्रवेश गरेको हाे।इलाइट एटमा अमेरिकी समूहलाई पराजित गर्दै नेपालले फाइनल फोर (सेमीफाइनल) मा स्थान सुरक्षित बनाएको हाे।

प्रकाशित: २५ कार्तिक २०८० १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App