१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

फागुन १२ गते धरान १० के नेवा च्यारिटी रन

मोफसलमा ठुलो संख्यामा सहभागी हुने दौड प्रतियोगिता धरान १० के नेवा च्यारिटी रनको १२ औं संस्करण आगामी फागुन १२ गते हुने भएको छ।

आयोजक धरान रनले आज पत्रकार सम्मेलन गर्दै दौड आयोजनाको मिति सार्वजनिक गरेको छ । यो संस्करणमा ३ हजार सहभागी हुने अनुमान गरिएको छ।सोही अनुसार सहभागीहरूलाई चिप टाइमिङ सिस्टम प्रयोग गरेर सही दौड समय मापन गर्न ३ हजार चिप खरिद गरेर प्रयोग गरिने पनि धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए।

दौडमा सहभागी हुनको लागि आजैबाट दर्ता खुल्ला भइसकेको पनि आयोजकले जनाएको छ ।१२ वर्ष मुनिको समूहको लागि दर्ता शुल्क ४ सय लाग्नेछ भने अन्य समूहको लागि मंसिर २१ गतेसम्म ४ सय, माघ २९ गतेसम्म ५ सय र सो भन्दा पछि फागुन ५ गतेसम्म ७ सय दर्ता शुल्क लाग्ने पनि अध्यक्ष राईले बताए।

प्रतियोगितामा १६ देखि ३९वर्ष भित्रका खुल्ला दौड समूहमा प्रथम, दोस्रो र तेस्रो हुने महिला र पुरुष स्पर्धातर्फ क्रमशः करसहित ६० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार दिइनेछ । यस्तै, १२ वर्ष मुनिको समूह, १२ वर्षदेखि १५ वर्षसम्मका उमेर समूह र ४० वर्ष माथिका भेट्रान उमेर समूहमा प्रथम, दोस्रो, तेस्रो हुने महिला र पुरुषतर्फ विजेताहरूलाई क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइनेछ । साथै, ६० वर्ष माथिका धावक धाविकालाई आकर्षक पुरस्कार दिइने अध्यक्ष राईले बताए।

स्थानीय धावक धाविकाहरूलाई प्रोत्साहन गर्न पुरस्कार दिइनेछ भने ह्विल चेयर रेस पनि हुने आयोजकले जनाएको छ । सहभागी सबैलाई टिसर्ट उपलब्ध गराउने र दौड पुरा गर्ने सबैलाई प्रमाणपत्र र आकर्षक मेडल दिने आयोजकले जनाएको छ।समापन समारोहमा खेलकुद तथा समाजमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ। 

प्रकाशित: २२ कार्तिक २०८० १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App