१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटः इङ्ल्यान्ड र नेदरल्यान्ड्सबिचको खेल जारी,इङ्ल्यान्ड ब्याटिङ गर्दै

आइसीसी विश्वकप क्रिकेट अहिले साविक विजेता इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीच खेल भइरहेको छ।भारतको महाराष्ट्र क्रिकेट एशोसिएसन स्टेडियममा २ः१५ बजे सुरु भएको यी दुईबिचको खेलमा ब्याटिङे टस जितेर पहिला ब्याटिङ गरिरहेको छ।ताजास्थीतमा इङ्ल्यान्डले १६ ओभरमा १ विकेट गुमाएर १११ रन बनाएको छ।इग्ल्याण्डका शुरुवाती व्याटर जॉनी बेयरस्टो  १७ बलमा २ चौकासहित १५ रन बनाएर नेदरल्यान्ड्सका आर्यन दत्तबाट आउट भएका छ।अहिले इग्ल्याण्डका डाविड मलान  ७२ रन तथा जो रूट २० रन बनाएर खेलिरहेका छन।

जोस बटलरको कप्तानीमा रहेको इङ्ल्यान्डले जारी प्रतियोगितामा खासै राम्रो प्रदर्शन गर्न सकेको छैन। हालसम्म ७ खेल खेलेको इङ्ल्यान्डले जम्मा १ खेलमा जित हात पारेको छ र अङ्क तालिकाको पुछारमा रहेको छ। उसको सेमिफाइनलमा पुग्ने सम्भावना पनि सकिएको छ।

यस्तै स्कट इडवार्ड्सको कप्तानीमा रहेको नेदरल्यान्ड्सले पनि निराशाजनक प्रदर्शन गर्दै आएको छ। जारी प्रतियोगितामा नेदरल्यान्ड्सले पनि ७ खेल खेलेको छ र २ मा जित हात पारेको छ। नेदरल्यान्ड्स अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ। उसको पनि सेमिफाइनलमा पुग्ने सम्भावना सकिएको छ।  

प्रकाशित: २२ कार्तिक २०८० ०९:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App