२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

विश्वकप क्रिकेटःभारतविरुद्ध श्रीलंकाले १३ ओभर भित्रै ८ विकेट गुमायो

आइसीसी विश्वकप क्रिकेट अन्तर्गत आयोजक भारतविरुद्धको खेल जित्न ३५८ रन   पछ्याएको श्रीलंकाले १३ दशमलब १ ओभर भित्रै ८ विकेट गुमाएको छ ।  

श्रीलंका विरुद्ध कसिलो बलिङ गर्दै भारतका बलर मोहम्मद शमीले चार  विकेट, मोहम्मद सिराजले तीन विकेट  तथा जसप्रीत बुमराहले एक विकेट लिएका छन ।श्रीलंकाका पाँच जना व्याटर सुन्य रनमा आउट भए । त्यसैगरी दुई जनाले एक एक रनमात्र बनाउन सके ।   

ताजास्थीतीमा श्रीलंकाले १४ दशमलब २ ओभरमा ८ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । श्रीलंका अझै ३२१ रनले पछि रहेको छ ।

भारतको मुंबईमा  दिउँसो २ः१५ बजे देखि सुरु भएको यो खेलमा श्रीलंकाले टस जितेर भारतलाई पहिला व्याटिङ  गर्ने निम्तो दिएपछि घरेलु टोलीले निर्धारीत ५० ओभरमा  ८ विकेट गुमाउँदै  ३५७ रन बनाएपछि श्रीलंकाले खेल जित्न ३५८ रन बनाउनु पर्ने भएको हो।

यस अघि पहिलो ओभरको दोस्रो बलमा भारतका कप्तान रोहित शर्मा आउट भएपछि भारत दवाबमा रहेको थियो ।पछि  विराट कोहली र शुभमन गिलले उत्कृष्ट खेल्दै सम्मान जनक स्कोर बनाउन मद्धत गरे । शुभमन गिलले ९२ बलमा ११ चौका र  २ छक्कासहित  ९२ रन बनाए ।विराट कोहलीले  ९४ बलमा ११ चौकासंगै ८८ रन बनाए ।  के एल राहुलले १९ बलमा २ चौकासंगै २१ रनको योगदान दिए । सूर्यकुमार यादवले ९ बलमा २ चौकासंगै १२ रन बनाए । श्रेयस अय्यर ५६ बलमा ३ चौका र ६ छक्का ठोक्दै  ८२ रन बनाएर आउट भए । मोहम्मद शमी ४ बलमा २ रन बनाएर आउट भए ।रवींद्र जाडेजा २४ बलमा १ चौका र १ छक्का ठोक्दै  ३५ रन बनाएर आउट भए।

श्रीलंका लागिदिलशान मदुशंकाले १०ओभरमा ८० रन खर्चेर ५ विकेट लिए। दुश्मांता चमीराले  १० ओभरमा  २ मेडन ओभर सहित ७१  रन खर्चेर १ विकेट लिए।अन्य बलरहरु कसुन रजिता,जलो मैथ्यूज, महीश थीक्षणा र शान हेमंता कसैले विकेट लिन सकेनन।

जारी खेलमा दुवैको यो सातौ खेल ह।आयोजक भारत यस अघिका सबै खेल जितेर १२ अंकका साथ तालिकाको दोस्रो नम्बर रहेको छ भने श्रीलंका यसअघिका ६ खेलमा २ खेल जितेर ४ अंकका साथ तालिकाको सातौ नम्बरमा रहेको छ।

भारत अपराजित यात्रा कायमै राख्न चाहन्छ भने श्रीलंका आयोजक भारतलाई हराएर सेमिफाइनल पु्ग्ने आसा कायमै राख्न चाहन्छ।यी दुई विच एक दिवसाय खेलमा अहिलेसम्म १६७ खेल भएका छन । भारतले ९८ पटक जित्दा श्रीलंकाले भारतलाई ५७ पटक हराएको छ । १ पटक बराबरी हुँदा ११ पटक खेलको निर्णय हुन सकेको थिएन।विश्वकप क्रिकेटमा भारत र श्रीलंकाबिच ९ पटक खेल भएको छ।दुवैले चार चार पटक खेल जितेका छन भने एक खेल स्थगीत भएको थियो। 

प्रकाशित: १६ कार्तिक २०८० १४:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App