आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा ओमानविरुद्ध नेपाललाई जित निकाल्न कठिन देखिएको छ।
ओमानले दिएको १४६ रनको लक्ष्यसहित ब्याटिङ गरिरहेको नेपालले आफ्नो ६ विकेट गुमाइसकेको छ। आजको खेलमा कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
हालसम्मको अवस्थामा नेपालले १४ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर जम्मा ८२ रन बनाएको छ।
ओमानविरुद्धको खेल जित्न नेपाललाई ३४ बलमा ६५ रनको आवश्यक छ। जुन सम्भवतः पूरा हुन कठिन देखिएको छ।
प्रकाशित: १६ कार्तिक २०८० ०६:१४ बिहीबार