२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आइसिसी विश्वकप :अफगानिस्तानद्धारा श्रीलंका पराजित

आइसिसी विश्वकपमा अफगानिस्तानले श्रीलंकालाई हराएको छ।भारतको पुणेमा गएराती सम्पन्न खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले पराजित गरेको हो।

जारी विश्वकपमा अफगानिस्तानको यो तेस्रो जित हो।अफगानिस्तानले यसअघि पाकिस्तान र इंग्ल्यान्डलाई हराएको थियो।अफगानिस्तान ६ खेलमा ३ मा जित र ३ मा हारसहित ६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। श्रीलंका ६ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ।

श्रीलंकामाथि जितको लागि २ सय ४२ रनको  विजयी लक्ष्य अफगानिस्तानले ४५ दशमलब२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो।अफगानिस्तानको जितमा आजमतुल्लाह ओमरजाई ६३ बलमा ६ चौका र ३ छक्कासहित ७३ रनमा नट आउट रहे।कप्तान हश्मातुल्लाह शाहिदी ७४ बलमा २ चौका र १ छक्कासहित ५८ रनमा अविजित रहे। इब्राहिम जद्रानले ५७ बलमा ४ चौका र १ छक्कासहित ३९ रन बनाए।श्रीलंकाका दिलशान मदुशानकाले ९ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले १ विकेट लिए।

त्यसअघि पुणेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ दशमलब ३ ओभरमा २ सय ४१ रनमा अल आउट भयो । श्रीलंकाका पाथुम निसांकाले ६० बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाए।कप्तान कुशल मेन्डिसले ५० बलमा ३ चौकासहित ३९ तथा सदिरा समाराविक्रमाले ४० बलमा ३ चौकासहित ३६ रन बनाए।अफगानिस्तानका लागि फजलहक फारुकीले १० ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए। मुजिब उर रहमानले १० ओभरमा ३८ रन खर्चेर २ विकेट लिए।आजमतुल्लाह ओमरजाई र राशिद खानले एक एक विकेट लिए।

प्रकाशित: १४ कार्तिक २०८० ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App